अमेरिकाको सन फ्रान्सिस्को एअरपोर्टका कर्मचारीलाई हालै लाजमर्नु भयो । एक व्यक्तिको लिंगलाई हतियार भन्दै छामछुम गरेपछि ती लिंगधारी व्यक्तिलाई उठ्नु रिस उठ्यो भने लिंगलाई हतियार सम्भिmने कर्मचारीलाई लाजमर्नु भयो ।

विश्वमा सबैभन्दा लामो लिंग भएको भनिएका जोन फाल्कोन नामका व्यक्तिको लिंगका कारण एअरपोर्टका कर्मचारी तर्सिए । सामान्य अवस्थामा ९ इन्च तथा उत्तेजित भएको बेला साढे १३ इन्च लामो हुने भिमकाय लिंग भएका जोनको पाइन्ट निकै असामान्य रुपमा उक्सिएको देखेपछि एअरपोर्टका कर्मचारीहरुले उनले लिंगनेर हतियार लुकाएर ल्याएको आशंका गरे ।

सनप|mान्सिस्कोबाट न्युयोर्कका लागि उड्न लागेका जोनलाई सोही कारण केहीबेर रोकेर चेकजाँच गरियो । स्क्यानरबाट हेर्दाखेरी लिंग असामान्य देखेपछि अधिकारीहरुले त्यो जैविक हतियार हुनसक्ने आशंका गरी मेटल डिटेक्टर तथा रसायन समेतको प्रयोग गरी परिक्षण गरे । तर अन्त्यमा त्यो कुनै जैविक हतियार नभएर जोनको आफ्नै लिंग भएको प्रमाणित भएपछि उनीसँग दुख मनाउ गर्दै अधिकारीहरुले उनलाई जहाजमा चढ्न पठाए ।

आफुलाई एअरपोर्टमा अनावश्यक रुपमा दुख दिइएकोप्रति आफ्नो कुनै गुनासो नभएको जोनको भनाइ छ । तर एकजना सुरक्षा गार्डले आफुलाई कसरी यति ठूलो लिंग भयो ? भनेर सोध्दा रमाइलो लागेको उनी बताउँछन् ।